Recent

Malaysia, a van company must work hard


राजधानी क्वालालम्पुरबाट झण्डै ५० किलोमिटर दक्षिण नेगरी सेम्विलाल राज्यको निलाममा पर्छ ए वान ग्लोभ कम्पनी । यो कम्पनीमा कार्यरत ५ सय ३ जनामध्ये ३ सय जना नेपाली छन् ।

उनीहरु बस्ने होस्टलमा पानी पर्यो भने भल होष्टलभित्रै छिर्छ र भित्र बस्नै सकिंदैन । दिनमा घामले बस्नै नसक्ने गरि टिन तातिन्छ । बिहानीपख काममा जाने बेलामा शौचालयका लागि घण्टौं लाइन बस्नु पर्छ । ५ सय ३ जनाको लागि ३ वटा मात्र शौचालय छन् ।
होष्टलको पानी बग्ने ढल, फोहोर फ्याक्ने ठाउँ छैन । होष्टल भएको ठाउँ अत्यन्तै फोहोर, प्रदुषित र अव्यवस्थित छ ।

ए वानमा कार्यरत वीरगंजका राजुकुमार साहले भन्नुभयो, ‘सामान राख्ने होचो टिनको कन्टेनरमा खातका खात २५ देखि ३५ जनासम्म बस्नुपर्छ । न कुनै झ्याल छ, निसासिएर बस्नु परेको छ । यस्तो ठाउँमा हामी कसरी बस्ने ?’

होस्टलको फोहोरकै कारण नेपालीहरु पटक पटक बिरामी भएको र बिरामी हुँदा समेत कम्पनीले बेवास्ता गरेको उनीहरुले बताएका छन् । बिरामी भएर बस्दा समेत कम्पनीले काम गर्न किन नआएको भन्दै गाली गर्छ । कम्पनीले पशुलाई भन्दा तल्लो स्तरको ब्यवहार गरेको इलामका बालकृष्ण घिमीरेले बताउनुभयो ।

ए वान कम्पनीले तलब बढि काट्ने गरेको समेत कामदारले गुनासो गरेका छन् । यहाँको सरकारी नियमअनुसार न्युनतम तलव ९ सय भएमा लेभि शिर्षकमा मासिक एक सय ५४ रिंगिट  र होष्टल शिर्षकमा मासिक ५० रिंगिट मात्र काट्न पाउँछ । तर ए वान कम्पनीले लेभि शिर्षकमै १ सय ९५ रिंगिट र अन्य काट्नै नपाइने शिर्षकमा समेत रकम काट्ने गरेको बताएका छन् । कम्पनीको मनपरिका कारण यहाँ कार्यरत नेपालीले विभिन्न समयमा आन्दोलन गर्दै आएका छन् ।
सन् २०१४ मा मलेसिया सरकारले सबै श्रमिकको न्युनतम तलब ९ सय घोषणा गरेपनि यहाँ कार्यरत नेपालीले भने ५ सय ४६ रिंगिट मात्रै पाएका थिए । पछि आन्दोलन गरेपछि ९ सय रिंगिट बनाएको थियो । अहिले सरकारले १ हजार रिंगिट तोकेपनि कम्पनीले ९ सय मात्रै दिएपछि फेरि आन्दोलनमा उत्रिएका हुन् ।

बिभिन्न माग राख्दै दुई दिनसम्म काम हड्ताल गरेका ए वान कम्पनीका नेपालीले तलब बढाउने बताएपछि शुक्रबारदेखि काममा फर्किएका छन् । अब उनीहरुले १ हजार रिंगिट पाउने छन् । कम्पनीले बारम्बार यहाँ कार्यरत कामदारलाई आनावश्यक दुःख दिँदै आएको छ । सरकारले तोकेका सुविधा पाउन समेत मुस्किल छ । त्यहि भएर यहाँ कार्यरत कामदारले बारम्बार आन्दोलन गर्दै आएका छन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment