Recent

Mahabir Pun, a 5-class Student Financial Assistance


काठमाडौँः राष्ट्रिय आविष्कार केन्द्रको स्थापनामा जुटेका सूचना–प्रविधि अभियानकर्मी महावीर पुनलाई घट्टेकुलोस्थित सूर्योदय पब्लिक स्कुलका कक्षा ५ का निशान घिमिरेले पाँच हजार सहयोग गरेका छन् ।

मंगलबार आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष लक्ष्यबहादुर केसीले आफ्ना विद्यार्थीले सहयोग गरेको उक्त रकम पुनलाई हस्तान्तरण गरेका छन् । यसअघि आविष्कार केन्द्र खोल्न सहयोग माग्दै जनताको आँगनमा पुगेका पुनले त्यसका लागि पोखरास्थित आफ्नो   गरेका छन् । 

तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईका पालादेखि चार सरकार प्रमुखलाई उनले आविष्कार केन्द्र खोल्न सहयोग वा सहुलियतमा ऋण दिन आग्रह गरेका थिए । तर,  प्रत्येक प्रधानमन्त्रीले उनलाई आश्वासन दिए पनि सहयोग दिएका छैनन् ।

म्याग्दी निवासी पुनले आफ्नो जिल्ला र छिमेकी जिल्ला पर्वतका गाउँ गाउँमा एकल प्रयासले ‘वायरलेस नेटवर्क प्रोजेक्ट’ सञ्चालन गरेर देश र समाजलाई सेवा पुर्याउँंदै आएका छन् । 

विज्ञान प्रविधि केन्द्रका संस्थापक समेत रहेका उनले स्थानीयस्तरमै अनुसन्धान केन्द्र खोलेर ग्रामीण क्षेत्रका जनतालाई सहयोग गर्दै आएका छन् । गाउँमा बेतारे सञ्जालमार्फत सामाजिक र आर्थिक क्रान्ति गरेकामा पुनले सन् २००७ मा ‘रामोन म्यागासेसे सम्मान’ पाइसकेका छन् ।

अभियानकर्मी पुनले गाउँलाई प्रविधियुक्त बनाउने आफ्नो योजनाबारे जानकारी दिँदै सबैको सहयोगले मात्र आफू सफल हुने बताए । छात्र घिमिरेले पुनको अभियानबाट प्रभावित भएर आफूले प्रतीकात्मक रुपमा मात्र सहयोग गरेको बताउँदै आफ्नो यो कार्यले सम्बन्धित निकायको ध्यानाकर्षण हुने विश्वास व्यक्त गरे ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment