Recent

Kurakuccako skin and brittle suffering is not attractive?


एजेन्सी । मैले फेसबुकमा एक तस्विर पोष्ट गरेको देखेँ । तस्विरमा एक सुन्दर महिला थिइन् र उनी बसेको अवस्थाको तस्विर थियो । उनको पुरै शरीर सुन्दर देखाइएको थियो तर खुट्टा भने नराम्रो थियो । तस्बिरको तल लेखिएको थियो, ‘जब तपाईले बिर्सनु भयो, आफ्नो खुट्टा फोटोसपबाट राम्रो बनाउन ।’  हामी आफ्नो अनुहारको सुन्दरताको लागि धेरै उपायहरु अपनाउने गछौँ । तर खुट्टाको सुन्दरताका लागि के गछौँ त ? हामी कुनै भोजमा जाँदा बाहिरबाट देखिने अङ्गहरुको त हेरचाह गछौँ तर घरमा रहँदा पक्कै खुट्टाको कुरकुच्चा राम्रो नभएको भनेर चिन्तिन हुने गर्दछौँ होला ।  यो समस्यामा हुनुहुन्छ भने विभिन्न घरेलु उपचार विधिहरु छन् जसले तपाईँको कुरकुच्चालाई सुन्दर बनाइदिन्छन् ।  ग्लिसरिन- थोरै ग्लिसरिनलाई कागतीको रसमा मिसाएर आफ्नो कुरकुच्चामा लगाउनुहोस् र २० मिनेटपछि सफा र चिसो पानीले पखाल्नुहोस् ।  नरिवलको तेल- नरिवलको तेलमा एण्टिफंगल र एण्टिब्याक्टेरियल तत्व पाइन्छ । निरन्तर नरिवलको तेलले मसाज गर्नाले पनि तपाईँको कुरकुच्चा आकर्षक देखिन्छ ।  भ्यासलिन- कुरकुच्चामा हुने चिराहरु कम गर्नका लागि भ्यासलिनमा कागतीको रस मिसाएर राम्रोसँग मसाज गर्नु पनि उत्तम उपाय हो ।  मह- मनतातो पानीमा मह मिसाएर आफ्नो खुट्टालाई १५ देखि २० मिनेटसम्म पानीमा डुबाएर राख्नुहोस् ।  तिलको तेल- निरन्तर सुत्नु अगाडी आफ्नो खुट्टामा तिलको तेलले मसा जगर्ने गर्नुभयो भने तपाईँको कुरकुच्चाको छाला मुलायम हुन्छ ।    एजेन्सीको सहयोगमा    
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment