Fewa two still found a boat missing
पोखराको फेवाताला डुंगा डुब्दा हराइरहेका दुईजना युवक अझै फेला पर्न सकेका छैनन्।
उनीहरुको खोजी कार्य मंगलबार विहानैदेखि सुरु गरिएको प्रहरीले जनाएको छ। सोमबार साँझ डुंगा फेवातालमा डुब्दा काठमाडौं चक्रपथका १९ वर्षीय प्रतिक श्रेष्ठ र काठमाडौं बसुन्धराका २३ वर्षीय एलिन केसी बेपत्ता छन्।
फेवातालमा गोताखोरसहितको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको वडा प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।
उनले विहानदेखि नै सबै टोली मिलेर डुंगा डुबेको स्थान र वरपर खोजी गरिरहेको बताए। डुंगामा सवारमध्ये ६ जनाको उद्धार गरिएको थियो। हराएका दुई जना केही दिन पहिले एकजना जापान र अर्को एकजना अष्टेलीयाबाट नेपाल आएका थिए। उनीहरु अन्य पाँच जना साथीसहित पोखरा घुम्नका लागि आएका थिए।
फेवातालपारीको रेष्टुरेण्टमा खाना खाएर फर्किदै गर्दा साझँ किरब ५ बजे तिर डुंगा दुर्घटनामा परेको थियो। डुंगाको क्षेमता भन्दा बढी यात्रु चढ्नु, लाइफ ज्याकेट नलगाएका कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

0 comments:
Post a Comment