Do not ignore these symptoms, it may be kidney stone
एजेन्सी । किडनीमा पत्थरी हुने समस्या दैनिक रुपमा बढ्दै छ र आम समस्या बन्दै गएको छ । तर, यसका केही लक्षणहरु छन् जसलाई समयमा नै चिन्ने हो भने समस्याबाट छुटकारा पाउन सकिन्छ । यो पिसावसँग सम्बन्धित रोग हो जसमा किडनी भित्र सानासाना पत्थरहरु बन्ने गर्छ । पर्याप्त मात्रामा पानी नपिउनु र खानपानको गलत बानीका कारण यो समस्या हुने गर्दछ । यद्यपी यसका लक्षण थाहा पाउने हो भने यो रोगबाट बच्न सकिन्छ । पेटको तल्लो भागमा अत्याधिक दुख्नु र पिसाव फेर्दा पोल्नु किड्नी पत्थरीको लक्षण हो । लामो समयसम्म किड्नीको उपचार नगर्नाले किड्नीको सुचारु प्रक्रियामा समस्या आउने तथा क्यान्सरसम्म हुन सक्दछ । तल लेखिएका लक्षणहरु तपाईँमा पनि देखिएको छ भने वेवास्ता नगर्नुहोस् किनभने यो किड्नीमा हुने पत्थरीका संकेतहरु हुन् । कम्मरमा तथा पेटको तल्लो भागमा अत्याभिक दुखाई हुनु । ढाड र काखीको तल दुख्नु । दिगदिग लाग्नु र बान्ता हुने तथा बान्ताको समयमा दुखाई हुनु । बेचैनी महशुस हुनु । पिसाव गर्दा पोल्नु । पिसावमा रगको मात्रा देखिनु । पिसाव गन्हाउने तथा कालो रंगको हुनु । पिसाव फेर्दा पेटको तल्लो भागमा दुखाई हुनु । निरन्तर रुघा लाग्नु र चिसो महशुस हुनु । पिसाव सामान्य नहुनु ।

0 comments:
Post a Comment