Recent

Dhurmusa-Suntali arrested from giranacaura


काठमाण्डौ । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ पक्राउ परेकाछन् । समाचार अनुसार, सिन्धुपाल्चोकको गिरानचौरमा उनलाई पक्रिईएको हो । उनि ‘धुर्मुस–सुन्तली फाउण्डेसन’को नाम त्यहाँ भुकम्प पीडितकालागि बस्ती निर्माण गरिररहेका थिए ।
सिस्नुपानी नेपालको उजुरीको आधारमा उनलाई पक्रिइएको प्रोग्राम को अर्डिनेट अर्जुन न्यौपानले बताए । ‘उनिमाथी दर्जन बढी गंभीर आरोपहरु छन्, जसको मूल्यांकन हुनु जरुरी छ ।’ सिस्नुपानी नेपालका महासचिब टंकराज आचार्यले भने । ‘यदि यी आरोपहरु पुष्टी भएको खण्डमा ‘धुर्मुस–सुन्तली फाउण्डेसन’ले यस्तै अर्को आयोजना सम्पन्न गर्नुपर्ने सजायँ हुन सक्छ ।’ पक्राउ टोलीमा सहभागी नुन व्यवसयी रमेश बरालले बताए ।
 धुर्मुसमाथि लागेका दर्जन आरोपहरु
१.दुईवटा बस्ती निर्माण गरी पुर्ननिर्माण प्राधिकरणलाई लज्जित बनाएको
२.देश–बिदेशका नेपालीको मन जितेर अथाह सहयोग संकलन गरेको
३.करोडौंका परोपकारी कोषहरुभन्दा दश कोश अगाडी बढेको
४.औधोगिक घरानाको भन्दा प्रभावकारी बस्ती बनाएर अप्ठेरो पारेको
५.अनुहार हँसाउने मान्छेले भुकम्प पींडितको हृदय हँसाउने प्रयास गरेको
६.दाताहरुको छाता छोडेर सम्पूर्ण कार्यभार आफ्नै हाताँ लिएको
७.स्थानीयहरुको मन जितेर पार्टीहरुको गतिबिधिलाई निस्तेज पारेको
८.गिरान्चौबासीलाई जाँडरक्सी छोड्न उक्साएर ब्यापार घाटा बढाएको
९.निर्माणको जिम्मा आफैं लिएर कमिसन र गुण्डा संस्कृतिको अवहेलना गरेको ।
१०.परिवार, छोरीको समय सुटुक्क चोरेर भुकम्प पींडितलाई बाँडेको
११.मध्य बर्षामापनि काम जारी राखेर प्रकृतिलाई नै चुनौती दिएको ।
१२.टिभीको ग्ल्यामर छोडेर बिबि सहित् ढुँगामाटोसँग साँठगाँठ बढाएको
समाचार अनुसार, घटनाको समयमा राष्ट्रि्य योजना आयोगका उपाध्यक्ष डा.युवराज खतिवडा धुमुर्सलाई बधाई त्यहीं पुगेका थिए । धुर्मुसलाई पक्रिएपछि डा.खतिवडाले भने, ‘आगामी साता योजना आयोगको उपाध्यक्षबाट राजिनामा दिंदैछु ।’ संवाददातको आंकलन छ, धुमुर्स पक्राउको बिरोधमा उनले पदबाट राजिनामा दिन लागेका हुन् ।
sitaram-kattel-2समाचार पुष्टीकालागि गजुरीयल डटकमले
धुर्मुससँग फोन संपर्क गरेको थियो । उनले भने, ‘म घरको पिल्लर हाल्दै थिएँ । मनोजदाई, टंकदाई, रमेशदाई पनि श्रमदान गर्दै हुनुहुन्थ्यो । अकस्मात डा.युवराज खतिवडा सर आउनु भो, केही समय सघाउनु भो । फर्किने बेलामा उहाँहरुले मेरो हात च्याप्प पक्रिएर बधाई, शुभ कामना तथा धन्यवाद दिनु भएको कुरा सत्य हो । यस न्युज हामीले  गजुरेल डटकम बाट  साभार गरेका हौ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment