Recent

Children are incomplete to make people dream, a Nepalese died in Malaysia


नाम पुर्णा तामाङ सर्लाही घर भएका उमेर अन्दाजी ४० बर्षका थिय। मेसियाको जोहोर राज्यमा रहेको कोताकुलाई भन्ने ठाँउमाको एक टाएल बन्ने ....इलाई (YI-LAI)कम्पनीमा करिब पाँच बर्षसम्म काम गर्दै आएका पुर्ण तामाङ को गएराति सुतिरहेको अबस्थामामै निधन भएको छ।मलेसिया आएको करिव पाँच बर्ष नबित्दै उनी घरमा फर्किए तर जिवित हैन,हिडेर हैन,यउटा बन्द बाकसमा,नेपालमा रोजगार नपाउदा बाध्यताले गर्दा विदेश पस्नु परेको थियो। जेन तेन छोराछोरीलाई शिक्षा र खाना दिनलाई पुगेकै थियो। तीन बर्षको छुट्टीमा घर पनि गयका हुन। मान्छेको जातलाई कहिले पुर्णतः हुन्छर?सन्तानका धेरै रहरहरु थिए, कसैले डाक्टर बन्ने भन्थे त कसैले शिक्षक तर ती सपनाहरु अधुरै रहने भए। जेठो छोरा र माईलो छोराको त उमेर पनि ठूलो भईसकेको  छ।तर कान्छो छोरो सानै छन्,खै के हुने हो भोलीको दिनमा। उनले सधैं भन्थे छोराहरुलाई। विदेश पस्न दिलैन जति दुख मैले गरेपनि सन्तानले दुख नपाउन भन्ने चाहेको छु ।भन्थे तर खै,, म यी शब्दहरु लेख्दै गर्दा मेरो मनपनि भक्कानीएर आउँछ। उनका हजारौं हजार रहर र चाहान हरु अधुरै रहने भए। हामि सँगसँगै काम गर्ने मान्छे , यसरी बाकसमा घर जाँदा कसको मन रुदैन होलार!! एकदमै मिलनसार सहयोगि आफै साथि यसरी मर्दा आज अनौठो लागिरहेको छ।सँझमा सँगसँगै खाना खाएर गफगर्दै सुतेका साथि बिहान करिब 6:30 मा बोलाउदा नबिउझदा जिस्कदै ओई आज रेस्टडे (restday) होर भनेर शरिरमा हात राखेको के थिए,,,, चिसो भएको रहेछ।अनि अचानक सबैलाई खबर गरे अनि अत्तालीदै सबै साथिहरु बिउझिए,,, परदेशीको जीवन भरै हुदो रहेनछ।आज होकि भोलि,, मर्नुत पर्छ जन्मेपछि तर ढिलो चाँडो मात्रै फरक हो। आज मिलनसार र आत्मिय साथि गुमाउदा सारै मन दुखेको छ। मनले सोच्दैछ ।अब परदेश पसिदैन जस्तो दुख जस्तो बाधा आएपनि स्वदेशमै सामना गरिन्छ।भनेने आँट मनमा जागेको छ।
र बिदेश पस्ने सबैलाई अनुरोध कृपया बिदेशमा नआउनु होला....!!!!!!
साभार
प्रतक्ष दर्शि:- स्पन्दन......र.......नेत्र
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment