Recent

Cetavanipachi consensus about what's happening today live in?


काठमाडौं : एमाले स्थायी समितिको बैठक आइतबार अपरान्ह बस्दैछ । सरकारबाट बाहिरिएपछि आगामी कार्यदिशा र रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धनविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने तयारी अनुरुप बैठक बस्न लागेको हो। एमाले अध्यक्ष केपी ओलीले कुनै पनि बेला मुलुकमा भीषण आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिइसकेका छन्। आन्दोलनको स्वरुप तथा औचित्यमाथि आइतबारको बैठकमा छलफल हुने छ ।
त्यसैगरी पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा समीक्षा गर्दै संविधान संशोधन, मधेससँग भएको सहमति, संविधान कार्यान्वयन, स्थानीय निकायको पुनरसंरचनालगायतका विषयमा छलफल हुने छ। प्रदेश कमिटि गठनबारे पनि आइतबारको बैठकले निर्णय लिने बताइएको छ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment