Recent

Build houses and marry his dream


‘बुबाले घरजग्गा बेचेर मलाई स्टाफ नर्स पढाउनु भएको छ । मेरो पढाइका कारण हमी घरबारबिहीन भएका छौं । पैसा कमाएर पहिला घर बनाएर बुबाआमालाई राख्छु अनि मात्र विवाह गर्छु भन्थी,’ नुवाकोटमा सोमबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकी निशा तामाङकी ८० वर्षीया हजुरआमा सानुमाया शाक्य भावविह्वल भएर नातिनीको योजना सुनाउँदै थिइन् । उनी निष्ठुरी देवसँग बिलौना गर्दै थिइन्, ‘मेरो नातिनी हामी सबैलाई छाडेर बिदा भई । कलिलैमा किन चुँडिदियौ मेरो नातिनीलाई ?’
हेलिकोप्टर दुर्घटनामा परी नातिनीको निधन भएको खबरपछि वृद्धा सानुमाया शाक्यले मन थाम्न सकिरहेकी छैनन् । ‘जागिरबाट बिदामा घर आउँदा घर नगई पहिला अजी भन्दै मामाघर आउँथी, अब मलाई कसले अजी भन्छ । मलाई एक्लै छोडेर गई,’ उनले बिलौना गरिन्, ‘१ देखि ७ कक्षासम्म मैले नै पढाएर हुर्काएकी थिएँ ।’


सानुमायालाई सान्त्वना दिन उनको घरमा भेला भएका आफन्त सानुमायासँगै रोइरहेका थिए । छुट्टीमा आउँदा मोबाइल ल्याइदिन्छु भनेर एक घन्टा अगाडि फोनमा बोलेकी निशाको मृत्युको खबरले मावली घरमा रुवाबासी छ । सोमबार नुवाकोटमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा सुनसरी इनरुवा बजारकी २२ वर्षीया निशाको निधन भएपछि इनरुजा र इटहरीमा यतिबेला आफन्त शोकमा छन् ।

निशाको मामली घर इटहरी र इनरुवाको महेन्द्र चोकमा भएको उनको घरमा भेला भएका निशाका आफन्तहरु रुवाबासी छ, निशाको मृत्युको खबरले उनका मावली हजुरबुबा ८१ वर्षीय नरबहादुर शाक्य पनि बेहोस छन् । आजको अन्नपूर्ण पोष्ट
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment