Recent

Why would a single vote repolling was terrific umdevara


काठमाडौं : नयाँ प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेद्वारी दर्ता भएको छ। उम्मेदवारीका लागि तोकिएको अपरान्ह ४ बजेसम्म अरु कसैको दरखास्त नपरेपछि प्रचण्ड एक्लो उम्मेदवार बनेका छन् ।
एमालेले मंगलबार बिहान उम्मेदवारी नदिने निर्णय गरेको हो। प्रचण्ड एक्लो उम्मेदवार भए पनि बुधबार मतदान भने हुने भएको छ। प्रधानमन्त्री बन्न बहुमत देखाउनुपर्ने प्रावधानका कारण मतदानमा जानैपर्ने अवस्था छ।
माओवादी र कांग्रेसका नेताहरुसहित प्रचण्ड मंगलबार बिहान साढे ११ बजे संसद भवन पुगेका थिए ।मधेसीसहितको गठबन्धनको समर्थन पाएका प्रचण्डको उम्मेद्वारी दर्ता गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा प्रस्तावक छन् भने माओवादी केन्द्रका कृष्णबहादुर महराले समर्थक छन्। मधेसीसहितको गठबन्धन समर्थन पाएपछि प्रचण्डको पक्षमा अत्यधिक बहुमत देखिएको छ।
प्रधानमन्त्रीमा एक्लो उम्मेदवार बने पनि निर्विरोध हुने व्यवस्था छैन। संविधानको धारा २९८ को उपधारा ३ मा पनि व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ ।  
संसदमा कायम रहेको सांसद संख्याको बहुमत अर्थात २ सय ९८ जना सांसदको समर्थनमा प्रधानमन्त्री निर्वाचित हुनसक्ने अवस्था छ। कांग्रेस, माओवादी, मधेसी मोर्चासहितको गठबन्धन, राप्रपा तथा अन्यसमेत गरी तीन सय पचासभन्दा बढी संख्या नयाँ समिकरणको पक्षमा देखिएको छ।यसमा अन्य दल र पक्ष पनि थपिने संभावना छ।
कांग्रेस र माओवादी केन्द्रले २५३ सांसदको हस्ताक्षरसहित गत असार २९ गते संसद्‌मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। तर अविश्वास प्रस्ताव निर्णयार्थ पेस हुनुअघि नै ओलीले राजीनामा दिएपछि मतदान स्थगित भएको थियो।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment