Recent

Be careful


इन्टरनेटमा एकसाथ एकातर्फ फेसबुक चलाइरहने र अर्कोतर्फ पोर्न साइट हेर्ने गर्नुहुन्छ ? खबरदार ! यदि यसो गर्ने गर्नुहुन्छ भने अबदेखि बानी बदल्नुहोस् र पोर्न साइट हेर्नेबेला फेसबुक अकाउन्ट लगआउट गर्न नभुल्नुहोस् । यदि तपाइँले फेसबुक अकाउन्ट लगआउट नगरीकनै कुनै पोर्न साइट हेर्नुभयो भने फेसबुकले तपाइँलाई ट्रयाक गरिरहेको हुनसक्छ । अझ यदि उक्त पोर्न साइटमा फेसबुक प्लगइन रहेको भए त तपाइँको पोर्न साइट सर्फिंगलाई फेसबुकले ट्रयाक गर्ने सम्भावना उच्च हुन्छ ।
फेसबुकले आफ्ना प्रयोगकर्ताले इन्टरनेटमा कुन साइट तथा कस्ता सामाग्रीहरु बढि खोजतलास गर्दछन् भन्ने कुराको ट्रयाकिंग गरिरहेको हुन्छ । यसरी बटुल्ने जानकारीको आधारमा उसले प्रयोगकर्ताको न्युजफिडमा सोही अनुरुपका विज्ञापनहरु देखाइदिन्छ ।
फेसबुकको डाटा पोलिसीमा प्रष्ट रुपमा लेखिएको छस् हामीले त्यस समयमा जानकारी संकलन गर्दछौँ जब तपाइँ ती थर्ड पार्टी एप्स वा वेबसाइटमा जानुहुन्छ जसले हाम्रो सेवा (लाइक बटन वा फेसबुक प्लगइन) को प्रयोग गर्दछन् । यसमा तपाइँले हेर्ने वेबसाइट तथा एप्स, ती वेबसाइट तथा एपमा हाम्रो सेवाको प्रयोगको जानकारी सामेल हुन्छ । यसका साथै एप तथा वेबसाइट डेभलपर वा प्रकाशकले हामी र तपाइँलाई जुन जानकारी दिन्छन् त्यो पनि यसमा सामेल हुन्छ । द सनको रिपोर्ट अनुसार ७ वर्ष पहिले फेसबुकले भनेको थियो की लाइक तथा शेयर बटन प्रयोगकर्तालाई ट्रयाक गर्नमा प्रयोग गरिनेछैन । त्यस्तै सन् २०११ मा फेसबुकले भनेको थियोः हामी सोसल प्लगइन्सको जानकारीलाई ९० दिनमा डिलिट गरिदिन्छौँ र त्यस्तो जानकारी कसैलाई पनि बेच्दैनौँ ।
त्यसपछि भने फेसबुकले आफ्नो नीति बदल्दै लाइक, शेयर तथा लगइन विथ फेसबुक जस्ता सर्भिसलाई प्रयोगकर्ताको जानकारी बटुल्नमा प्रयोग गर्न थालेको छ । त्यसैले जब तपाइँ लाइक तथा शेयर बटनवाला एप वा वेबसाइटको प्रयोग गर्नुहुन्छ तब त्यस डाटालाई ब्ीब्ःथ् नामक कम्पनीले प्राप्त गर्दछ ।
फेसबुकले हालै प्रकाशित गरेको एक ब्लग पोष्टद्यचष्लनष्लन एभयउभि दभततभच बमक मा भनेको छ की प्रयोगकर्ताहरुले आफुले अनावश्यक तथा अरुचीकर विज्ञापनहरु हेर्नुपरेको गुनासो गरिरहेका छन् ।
यस्तो अवस्थामा आफ्ना प्रयोगकर्तालाई राम्रोखालका विज्ञापन दिनका लागि आफ्नो सेवालाई उत्कृष्ट बनाउन फेसबुकले कोसिस गरिरहेको छ । यद्यपि उसले अझैपनि यसका लागि प्रयोगकर्ताले हेर्ने वेबसाइटहरु ट्रयाक गर्ने गर्दछ । यदि तपाइँ फेसबुकले विज्ञापनका लागि आफ्नो ब्राउजिंग हिस्ट्री ट्रयाक नगरोस् भन्ने चाहनुहुन्छ भने यसको पनि विकल्प छ । फेसबुकका ग्लोबल प्राइभेसी विभागका उपाध्यक्षले आफ्नो ब्लग पोष्टमा यस बारेमा बताएका छन् । भलै फेसबुकले तपाइँले हेर्ने साइट तथा एप्सको डाटालाई विज्ञापनमा उपयोग नगर्ला तर तपाइँले कुन पोर्न साइट हेर्नुभएको छ भन्ने जानकारी चाहीँ राख्दछ । त्यसैले कुनैपनि पोर्न साइट हेर्नुअघि आफ्नो फेसबुक अकाउन्ट लगआउट गर्नु उत्तम हुन्छ 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment