Recent

Be careful! Suicide can be a social network


एजेन्सी । पछिल्लो समयमा सामाजिक सञ्जाल नचलाउने कमै होलान । सामाजिक सञ्जाल जीवनको अभिन्न अंग बनेको छ । तर यही सामाजिक सञ्जालको प्रयोग गर्नेहरुका लागि भने डरलाग्दो खवर छ ।
हालै गरिएको एक अध्यनमा सामाजिक सञ्जालमा बढी सक्रिय हुनेहरुमा आत्महत्याको दर पनि बढी छ । फेसबुक ट्वीटर वा इन्टाग्राम जस्ता सामाजिक सञ्जालमा धेरै समय विताउने किशोर किशोरीमा आत्महत्याको भावना बढ्ने यो अध्यनको निष्कर्ष छ ।
सामाजिक सञ्जालमा झुम्मिरहने हरुमा मनोबैज्ञानिक समस्या बढ्दै जाने र मानसिक स्वास्थ्य समेत खराव हुने शोधकर्ताहरुले दावी गरेका छन् ।
यो अध्यनले अविभावकहरुलाई सचेत हुन आग्रह गरेको छ । क्यानाडाको ओटावा पब्लिक हेल्थका ह्यूग्यूस साङ्पसा-कयिङ्गा र रोजमण्ड लुईसले ७ कक्षा देखि १२ कक्षा सम्म पढ्ने किशोर किशोरीमा यो अध्यन गरेका थिए ।
जस मध्ये दिनमा २ घण्टा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय रहने किशोर किशोरीमा आत्महत्याको वृत्ती बढी देखियो ।
यद्यपी अन्य अध्यनकर्ताहरुले कतिपय अवस्थामा सामाजिक सञ्जालले ठिक उल्टो भूमिका खेल्न सक्ने र सबैमा यही कुरा लागु नहुने बताएका छन् । यो अध्यन साइबर साइकलोजी, बिहेवियर एण्ड सोशल नेटवर्किङ जर्नलमा प्रकाशित गरिएको छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment