ational Anthem of Nepal to discuss the Rio Olympics
एजेन्सीः ३१ औँ गृष्मकालिन ओलम्पिकमा संसारका दुई सय बढी देशले सहभागिता जनाएका छन् । विभिन्न देशको प्रतिनिधित्व गर्दै हजारौँ खेलाडी ओलम्पिक माहा–संग्राममा सहभागी छन् ।
ओलम्पिकको उद्घाटनमा विश्वका राष्ट्रिय गीत गुञ्जिएका थिए । सँगै प्रतिस्पर्धामा विजयी हुने देशका समेत राष्ट्रिय गान बज्ने गर्छन्। यो प्रक्रियाले ओलम्पिक खेल प्रेमीका लागि मात्र नभइ संगीत प्रेमीको समेत प्रिय स्थान बनेको छ ।
राष्ट्रियगानले कुनै पनि देशलाई संगीत मार्फत् संसारमाझ चिनाउने गर्छ । कतिपय राष्ट्रगान यस्ता हुन्छन् जुन सुन्नासाथ छुट्टै आनन्दको अनुभूति हुन्छ ।
ट्राभल्स इन् सर्च आफ नेसनल एन्थमका लेखक एलेक्स मार्शलले ओलम्पिकमा सहभागी देशका राष्ट्रगान मध्ये नेपालको राष्ट्रगान तेस्रो स्थानमा रहेको बताएका छन् ।
‘राष्ट्रिय गान, मात्र केही मिनेट लामो भएता पनि, यसको महत्व धेरै छ । कुनै संगीत जति नै प्रसिद्ध भए पनि राष्ट्रियगान अगाडि फिका नै हुन्छ,’ उनले भनेका छन्, ‘मानिसहरु युद्धमा राष्ट्रगान गाएरै लडेका हुन्छन्, आफ्नो हक मग्न अन्दोलान गर्दा पनि राष्ट्रियगान गाउछन् कुनै देशका राष्ट्रिय गान सामान्य हुन्छ भने, कुनै देशको राष्ट्रिय गान पहिलो पटक सुन्ने बित्तिकै, भाषा नबुझे पनि संगीतले मन छुन्छ ।’
उनले बनाएको लिस्टमा, रुसको राष्ट्रियगान पहिलो स्थानमा छ भने म्यानमार दोस्रो र नेपाल तेस्रो स्थानमा छ । उनले, तेस्रो स्थानमा रहेको नेपाली राष्ट्रियगानको खुलेर प्रशंसा गरेका छन् । उनले नेपाली राष्ट्रियगान सामान्य नभएको समेत बताएका छन् ।
उनले नेपालको राष्ट्रियगान सैनिक मार्च अथवा चर्चमा बज्ने भजन जस्तो नभई आनन्ददायी गीत जस्तो रहेको बताएका छन्।

0 comments:
Post a Comment