Recent

Ask for a dowry to marry the bride gardinaum


वीरगन्ज: 'दाइजो माग्ने केटासँग म बिहे गर्दिन', कक्षा ९ मा अध्ययनरत सुपौलीकी राजनन्दनी चौधरी भन्छिन्, 'दाइजोकै कारण हाम्रो समाजमा धेरै दिदीबहिनीले दुःख पाएका छन् ,त्यसैले हामी सबै मिलेर यो गलत प्रथालाई हटाउनु पर्छ ।'
राजनन्दनीजस्तै पर्साका किशोरीले अहिले दाइजो र बालविवाहविरुद्ध अभियान चलाएका छन् । उनीहरूको अभियानमा प्रहरीले पनि साथ दिएको छ ।
गत वैशाखको पहिलो सातादेखि सुरु भएको दाइजो र बालविवाह विरोधी अभियानअन्तर्गत पर्साको ग्रामीण र नगर क्षेत्रमा गरी किशोरीको सहभागितामा १३ वटा गल्र्स क्लब गठन भइसकेका छन् ।
पर्साको बेलवा, गर्दौल, पटेर्वासुगौली, सबैठवा, सखुवाप्रसौनी, देवरवाना, जितपुर, सिर्सिया, उदयपुरघुर्मी, सुपौली तथा वीरगन्जको पिपरा, कुम्हालटोल र श्रीपुरमा रहेका सामुदायिक र निजी विद्यालयको कक्षा ८, ९ र १० मा अध्ययनरत किशोरीले गल्र्स क्लब गठन गरेका हुन् ।
१३ वटा गाउँमा गठन भएका गल्र्स क्लबमा करिब दुई सय किशोरी अभियानमा जुटेका छन् । क्लबमा आवद्ध किशोरीले आफूले दाइजो माग्ने केटासँग बिहे नगर्ने र अरूलाई पनि गर्न नदिने सामूहिक प्रतिबद्धता जनाएको अभियानमा सक्रिय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।

'दाइजो र बालविवाहजस्ता कुप्रथालाई समाजबाट हटाउनकै लागि गर्ल्स क्लब गठन गरेका हौं', वीरगन्जको पिपरामा गठित नृसिंह गर्ल्स क्लबकी अध्यक्ष खुसी झाले भन्छिन् ,'क्लबमा भएका हामी सबैले दाइजो माग्ने केटासँग बिहे गर्दैनौं भनेर कसम खाएका छौं ।'
दाइजो र बालविवाहजस्ता कुप्रथाबाट सबैभन्दा बढी किशोरी पीडित हुने भएकाले कक्षा ८ , ९ र १० मा अध्ययनरत किशोरीलाई अभियानमा सामेल गराइएको पर्साका प्रहरी उपरीक्षक श्रेष्ठ बताउँछन् ।
'गर्ल्स क्लब गठन भएका गाउँ टोलमा जुवातास खेल्ने र मदिरा सेवन गरेर होहल्ला गर्नेहरूको संख्यामा पनि निकै कमी आएको छ', प्रहरी उपरीक्षक श्रेष्ठले भने ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment