भीमदत्तनगरः कञ्चनपुरको बेल्डाँडी नगरपालिका-१४ का बिमला जोशीकी २२ दिने नाबालिका छोरी माधवी जोशीलाई कुकुरले लुछेपछि मृत अवस्थामा भेटिएकी छिन् ।
मङ्गलबार दिउँसो आफू शौचालयमा गएका बेलामा आएको कुकुरले २२ दिने नाबालिका छोरीलाई लुछ्दै घरको केही मिटर पर लगेको आमा बिमलाले बताइन।
'दुई छोराछोरी छिमेकीको घरमा गएर मकै पोलेर खाँदै थिए', उनले भनिन 'शौचालयमा रहेका बेला घरमा काल बनेर आएको कुकुरले छोरी लगेर गएछ ।'
घटनापछि प्रहरीले नाबालिकाको शव साँझ परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्याएको छ । बिमलालाई घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नाबालिका बच्चालाई कुकुरले मारेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
0 comments:
Post a Comment