A child was injured when a gas cylinder fire padkiera
लहान-लहान-८ मा मंगलबार ग्याँस सिलिन्डर पड्किएर एक घरमा आगलागी हुँदा एक बालिका घाइते भएकी छिन् । आगलागी बाट २४ लाख ९५ हजार बराबरको क्षति भएको छ। स्थानीय सुर्य नारायण साहुको घरमा खाजा पकाउने क्रममा अचानक ग्यास पड्किएर आगलागी भएको इलाक़ा प्रहरी कार्यालय लहान का इन्स्पेक्टर पाचु चौधरीले बताए।
आगलागीबाट सोही ठाउँका नरेन्द्र बहादुर साहकी १२ बर्षिया छोरी अन्जली कुमारी साह घाइते भएकी छिन् । सुर्य नारायण साहुको २ तले पक्की घर घरभित्र भएको नगद रु ५ लाख तथा सम्पूर्ण सामान समेत जलेको प्रहरिले बताए ।
सोही घरमा भाडामा बस्दै आएका भिखन साहको अन्नपात तथा सम्पुर्ण सामान, तथा सोही ठाउँका तेजनारायण चौधरीको पानी तान्ने पाईप, सुरेश यादबको झ्यालको शिशा समेत फुटेर अन्दाजी २४ लाख ९५ हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय मानिस, तथा दमकलको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

0 comments:
Post a Comment