बिहार परिक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रहरीले पक्राउ गरी जेलमा हालेको समाचार आएसँगै नेपालमा पनि खैलाबैला मच्चिएको छ ।बिहार बोर्डको कक्षा १२ को परिक्षामा विभिन्न विषयमा सर्वोत्कृष्ट भएका विद्यार्थीहरुले प्राप्त गरेको प्राप्ताङ्कमा शंका लागेपछि गरिएको पुनः परिक्षाको परिणाम सँगै बिहारबाट अध्ययन गरेका नेपालीहरुबीच खैलाबैला मच्चिएको हो । केही समय अघि बिहार बोर्डले प्रकाशित गरेको परिक्षाको परिणाममा सर्वोत्कृष्ट भएका विद्यार्थीहरु मध्ये राजनीतिक शास्त्रमा सर्वोत्कृष्ट रुवी रायलाई राजनिति शास्त्र भनेको के हो भनी एक स्थानीय टिभी पत्रकारले प्रश्न गर्दा उनले राजनीति शास्त्रलाई पाक शिक्षासँग जोडेकी थिइन् ।रायको उक्त जवाफसँगै बिहार शिक्षा प्रणालीको भारत नेपाल लगायत विश्व मै आलोचना भएको थियो ।बिहार शिक्षा काण्ड लगतै नेपाल प्रहरले नक्कली प्रमाण पत्रधारी डाक्टरहरुलाई छानीछानी कारबाही गरेपछि बिहारमा अध्ययन गर्ने नेपालीहरुबीच रुवाबासी सुरु भएको छ ।यसैगरी नेपालमा नक्कली प्रमाण पत्र लिई डाक्टर बन्न सफल ३६ जना डाक्टरलाई नेपाल प्रहरीले हाल सम्म जेल चलान गरिसकेको छ ।तथापि डाक्टरहरु पक्राउ प्रति नेपाल चिकित्सक संघ समेतले प्रहरीको कदमको कडा आलोचना गरेको छ । नेपाल मेडिकल एसोशियनका अध्यक्ष अंजनी कुमार झा ले पनि डाक्टर प्रकरणको घोर विरोध गर्दै त्यसलाई आतंकवादी शैलीको संज्ञा दिएका छन् । एशोसियनका महासचिव मुक्ति राम श्रेष्ठले पनि देशका डाक्टरहरुलाई सक्कली प्रमाण पत्र लिएर मात्र कार्य गर्न निदेशन दिएका छन् ।बिहार इन्टरमेडिएट कान्सिलबाट नक्कली प्रमाण पत्र लिई डाक्टर बन्ने र मेडिकल कान्सिलको नक्कली सटिफिकेटको प्रयोग गरी कार्य गरेको आरोपमा पक्राउ ३६ डाक्टरलार्ई सीआइबी ले जुन १९ मा काठमाडौंको जिल्ला अदालतमा पेश गरेका थिए । प्रहरीले ती नक्कली डाक्टरहरुलाई विरगंज, चितवन, विराटनगर, काठमाडौं लगायत १० जिल्लाबाट एकै साथ छापा मारी पक्राउ गरेको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment