Recent

काफल खानुका फाइदै फाइदा, फल एक गुण अनेक


काफल एक लोकप्रिय पहाडी फल हो । काफल मन नपराउने मान्छे को नै होला र ? यो फल गर्मी याममा पहाडका वन पाखाहरूमा पाइन्छ ।यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वादमा अमिलो र मिठो दुबैको मिश्रण हुन्छ। काफल काँचोमा हरियो रङ्को हुन्छ भने काफल पाकी सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ ।
पहाडका मानिसहरू गर्मी याममा काफलको रूखमा चढेर काफल खाने गर्दछन् । काफललाई हामीले फलको रुपमा मात्र प्रयोग गर्ने गरेका छौ।तर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ । अखिर काफल किन खाने ? काफलका औषधीय गुणहरू यस्ता छन्:
१) अतिसारमा:
तीन ग्राम काफलको बोक्रा र तीन ग्राम बालो बेलको काढा पकाई एक-दुई ग्राम तीन-चार पटक पिए अतिसारमा आराम हुन्छ ।
 २) मासिक धर्ममा:
केशर, कालो तिल र पुरानो गुड(शक्कर) सँग काफलको बोक्रा मिलाई काडा पकाएर पिलाए मासिकधर्म सम्बन्धी कष्ट आराम हुन्छ । यो औषधी खानासाथ अन्य खानेकुरा दिनुपर्छ ।
 ३) कर्णशूलमा:
काफलको बोक्राको काढा तिलको तेलमा पकाई तेल मात्र रहेपछी चीसो पारेर दुई तीन थोपा तेल कानमा चुहाए कर्णशुल र पीप बग्ने तथा बहिरो हुन खोजेको पनि निको हुन्छ ।
 ४) पेट दुखेमा:
काफलको बोक्रा चार ग्राम मिश्रीको काढासित चार दिन सेवन गरे जुनसुकै कारणले पेट दुखेको वा शुल भएको भए पनि आराम हुन्छ ।
 ५) टाउको दुखाईमा:
काफलको धूलो पारेर त्यसको नश लिए शिरको पिडा निको हुन्छ ।
 ६) दन्त पिडामा:
काफलको बोक्रा पिसेर त्यही धूलोले दाँत माझ्ने गर्ने गरे दाँतको पिडा शान्त हुन्छ । तीन दिनमा विसेक भएन भने नून मिसाएर मञ्जन गर्ने र त्यसको काढा पकाएर मनतातो बनाएर कुल्ला गरे लाभ हुन्छ ।
 ७) नपुंसकतामा:
काफलको बोक्राको धुलो भैशीका दूधमा पिँधेर सुत्ने बेलामा मणीको भाग छाडेर लिंगमा लगाई सुत्ने र बिहान ऊठेर धुने । यस प्रक्रिया केही दिनमै यौवन फर्केर आए झै हुन्छ । हस्तमैथुन गरेर आएको नपुंसकतामा पनि यसले लाभ गर्छ ।
 ८) दममा:
काफलका बोक्राको काढा पाँच ग्राम चीनी वा मिश्री मिलाएर पिउनाले खोकी, दम, हृदय रोग, अपच र अरूचीमा पनि लाभ गर्दछ ।९) घाऊ-चोटमा:
बिग्रेको र चाँडै निको नहुने घाउमाकाफलको बोक्राको धूलो छरिदिए र त्यसैको काढा पकाएर प्रतिदिन धोईदियो भने निको हुन्छ ।१०) नेत्र रोगमा:
काफलको बोक्रा मसिनु पिधेर आँखा रातो भएमा र आँखा बिझाएमा अन्जनजस्तै लगाइदिए लाभ हुन्छ । गुरुङले जानकारी दिइन्।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment