हरियो रंगको आलु विष जस्तै हो, तसर्थ हरियो आलु कहिल्यै नखानु
मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ । मलेसिया सरकारले अघिल्लो बर्ष अक्टोबरमै घोषणा गरिएअनुसार एक सय रिंगिटले वृद्धि भएको न्युनतम मासिक पारिश्रमिक शुक्रबार (जुलाई १) देखि लागू गर्ने भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार घरेलु क्षेत्रमा कार्यरत कामदारबाहेक सबै कामदारका हकमा उक्त नयाँ पारिश्रमिक लागू हुनेछ । मलेसियामा कामदारको तलब मासिक २७ सय रुपैयाँले वृद्धि हुनेछ ।
यो नीतिअनुसार शुक्रबारदेखि लागू हुनेगरि पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा फरक फरक पारिश्रमिक लागू हुनेछ । पूर्वी क्षेत्रमा (साबाह, सरावक र फेडेरल टेरेटोरी अफ् लाबुवान) कार्यरत कामदारले यसअघि आठसय २० रिंगिट प्राप्त गर्दै आएकोमा अब नौसय २० रिंगिट र त्यसबाहेकका क्षेत्रमा (पश्चिमी मलेसिया/प्रायद्धिप मलेसिया) कार्यरत कामदारले यसअघि नौसय रिंगिट प्राप्त गर्दै आएकोमा अब मासिक १ हजार रिंगिट पारिश्रमिक पाउनेछन् ।
गत बर्ष अक्टोबर २३ मा मलेसियाली प्रधानमन्त्री नजिब रजाकले आर्थिक बर्ष २०१६ को बजेट भाषणमार्फत कामदारको पारिश्रमिक बृद्धिको घोषणा गरेका थिए । उक्त घोषित नीति पूर्ण रुपमा लागू भएमा अब मलेसियामा निजी क्षेत्रमा कार्यरत सबै स्थानीय र विदेशी दुबैखाले कामदारले बढेको पारिश्रमिक पाउनेछन् । यो नीति पूर्ण रुपमा लागू भएमा यहांका विभिन्न क्षेत्रमा कार्यरत ५ लाखभन्दा बढी नेपाली यसबाट लाभान्वित हुनेछन् मलेसियाले गत सन् २०१२ मे दिवसको अवसर पारेर पहिलोपटक आलु संसारको सबै भुभागमा प्रयोग गरिन्छ । आलु तपाईले प्रत्येक घरको भान्सामा पाउन सक्नु हुन्छ । आलु हाम्रो मुख्य खानेकुरामा पर्छ । अझ भन्नु पर्दा आलुलाई त तरकारीको राजा नै मानिन्छ ।
तर, के तपाईलाई आलुका प्रकारका बारेमा थाहा छ त ? आलुको रंगरुप कस्तो हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । तर तपाईले कहिल्यै बिचार गर्नु भएको छ, कतिपय आलु हरियो रंगको पनि हुन्छ ?
र त्यो हरियो रंग आलुमा एक प्रकारको क्लोरोफिल (chlorophyll) बाट आउँछ । हरियो आलु बिर्सेर पनि प्रयोग नगर्नु किनकि त्यो स्वास्थ्यको लागि अत्यन्तै हानिकारक हुन्छ ।
अझै भन्ने हो भने हरियो आलु सेवन गर्नु भनेको विष सेवन गर्नु जस्तै हो । बैज्ञानिकहरुको अध्ययन अनुसार हरियो आलुमा सोलानिन नामक एक विषादी हुन्छ जसले पखाला, बान्ता, रिंगटा, टाउको दुख्ने र अन्य रोगहरु निम्त्याउँछ ।
क्लोरोफिल (chlorophyll) को मात्रा धेरै भएमा आलु हरियो देखिन्छ । क्लोरोफिल मानव स्वास्थ्यका लागि साँच्चिनै हानिकारक हुन्छ । यही क्लोरोफिलका कारण आलु हरियो भएको हो ।
युनिभरसिटी अफ नेवरास्का-लिंकनका प्रोफेसर अलेग्जेन्डर पाभलिस्टाका अनुसार, ४५ किलो ग्राम तौल भएको मानिसले करिव आधा किलो ग्राम हरियो आलु खायो भने उसलाई बिभिन्न रोगहरुले एकै पटक आक्रमण गर्छ र उ बिरामी परि हाल्छ ।
ती प्रोफेसरका अनुसार हरियो आलुलाई बजार सम्म पुग्नै दिन हुँदैन । सकिन्छ भने यस्ता हरियो रंगको आलुलाई नष्ट गर्नु राम्रो हुन्छ ।
होइन भने, यस्ता आलुहरु मधुरो प्रकाश तथा चिासो ठाउँमा थन्क्याउनु पर्छ जसका कारण सोलानिन बाट बचाउन सकिन्छ । प्रोफेसरका अनुसार केही गरि तपाईलाई यस्ता आलु खानै परे पनि हरियो भाग चाँही बिर्सेर पनि नखानु । आलुमा भएको हरियो भागलाई चटक्कै पन्छाउनु पर्छ ।
यदि हरियो आलुको स्वाद तीतो छ भने, यस्तो आलु खानै हुँदैन । यस्ता आलुहरु स्वस्थ्यकर हुँदैनन् । यो तीतो स्वाद भनेको आलुमा उपलब्ध विष हो । सबै भन्दा राम्रो के हो भने हरियो रंगको आलु कहिल्यै प्रयोग नगर्नुहोस र आफ्नो अमुल्य स्वास्थ्य बचाई राख्नुहोस् ।
0 comments:
Post a Comment