Recent

रातो खुर्सानी खानुहोस् हृदयघातबाट बच्नुहोस्


प्रवाह शरीरको भागमा सुचारु हुन थाल्दछ । यसमा हेमोस्टाटिक प्रभाव हुन्छ जसले रगत निस्कन तुरुन्त बन्द हुन्छ । रातो खुर्सानीको यस प्रभावको कारण हृदयघातको बिरामीलाई ठीक हुन मद्दत गर्दछ ।  हृदयघातको बचावको लागि तुरुन्त प्रयोग गर्न सकिनेगरी खुर्सानीको घोल बनाउन सकिन्छ ।

रातो खुर्सानीको धुलो, ताजा रातो खुर्सानी र अल्कोहलको प्रयोग गरी यस्तो घोल बनाउन सकिन्छ ।  एक सिसाको बोत्तल लिनुस् । यसमा एक चौथाई भागमा धुलो रातो खुर्सानी होल्नुस् र खुर्सानी भिज्ने गरी रक्सी हाल्नुस् । त्यसपछि ताजा खुर्सानी र अल्कोहल राम्रोसँग मिक्सरमा पिसेर बोत्तलको तीन चौथाई भाग भर्नुस् । यस मिश्रणलाई दुई हप्तासम्म एक अँध्यारो ठाउँमा राख्नुस् । दुई हप्तापछि यस मिश्रणलाई छान्नुहोस् । यदि अझै प्रभावकारी औषधिको रुपमा यसलाई प्रयोग गर्न चाहनुहुन्छ भने तीन महिनासम्म अँध्यारो ठाउँमा राख्न सक्नुहुन्छ ।  हृदयघात हुन खोजेमा वा भएमा होसमा रहेका बिरामीलाई यो मिश्रण ५ देखि १० थोपासम्म दिनुपर्दछ । पाँच मिनेटपछि उत्तिनै मात्रामा यो घोल बिरामीलाई दिनुपर्दछ । पाँच मिनेटको अन्तरालमा बिरामीको स्वास्थ्यमा सुधार नआएसम्म यो प्रक्रिया दोहोर्‍याउन सकिन्छ । यदि बिरामी बेहोस् छ भने जिब्रोको तल राखिदिन सकिन्छ । यसमा १ देखि ३ बुँदा राख्न सकिन्छ । यसो गर्दा पनि समय समयमा प्रक्रिया दोहोर्‍याउन सकिन्छ ।  बैज्ञानिक अनुसन्धानका अनुसार रातो खुर्सानीमा २६ भिन्न प्रकारको पोषकतत्व रहने गर्दछ । क्याल्सियम, जिंक, सेलेनियम तथा म्याग्नेसियम लगायत मिनरल तथा भिटामिन सी जस्ता शक्तिशाली तत्वहरू पाउन सकिन्छ रातो खुर्सानीबाट । रातो खुर्सानी हृदयलाई स्वस्थ राख्न कारगर छ । यो एक शोधमा आधारित सूचना हो त्यसैले उपाय अपनाउनु अगाडि चिकित्सकको सल्लाह लिनु जरुरी छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment