बझाङ । बझाङमा बुधबार दिउसो केही समयको अन्तरालमा दुई पटक भूकम्पको धक्का महशुस भएको छ । दिउँसो २ बजेर ५५ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको हो । त्यस्तै ३ बजेर १२ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले देखाएको छ ।भूकम्पको केन्द्र आसपासका स्थानीय त्रसित भएका छन् । फेरि भूकम्प जाने हुन् कि भने स्थानीय त्रसित बनेका छन् ।
सदमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तर पूर्व मयाना केन्द्रविन्दु भएर उक्त भूकम्प भएको जानकारी केन्द्रका प्रमुख लोकविजय अधिकारीले दिएका छन् । भूकम्प गएपछि स्थानीयबासीहरु घर छोडेर बाहिर निस्केका थिए । विद्यालयमा पनि शिक्षक र विद्यार्थी आत्तिएको स्थानीय सञ्चारकर्मीले जानकारी दिएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment