Recent

जिका रोक्ने खोप चाँडै आउने


जिका भाइरस विरुद्धको खोपमा चाँडैनै सफलता पाइने वैज्ञानिकले बताएका छन् । मुसामा गरिएको परीक्षणमा खोपको एक मात्राले नै जिकाको संक्रमण रोक्न सक्ने देखिएको खोप अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । मुसामा पाएको सफलताले मानिसमा पनि खोपले काम गर्ने सम्भावना बढेको उनीहरुको भनाई छ । खोप अनुसन्धानमा संलग्न अमेरिकी वैज्ञानिकको टोलीले मुसामा गरिएको सफल परीक्षणले आफूहरुलाई उत्साहित बनाएको बताएका छन् । मानिसमा खोपको परीक्षण आउँदो महिनादेखि सुरु गर्ने तयारी छ ।
मानिसमा गरिने खोपको परीक्षण सफल भएपनि त्यसको आधिकारी प्रयोगका लागि भने एक वर्ष भन्दा धेरै समय लाग्ने विज्ञको भनाई छ । गर्भवती महिलामा खोपको असर कस्तो हुन्छ भन्ने पत्ता लगाउन समय लाग्ने र यो निकै जोखिमपूर्ण हुनेछ । दक्षिण अमेरिकाबाट सुरुभएको जिका भाइरसको संक्रमण अहिले मध्ये अमेरिका तथा अफ्रिकासम्म फैलिएको छ । लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइसरको संक्रमण अहिलेसम्म विश्वका ६० भन्दा धेरै देशमा फैलिएको छ । गर्भमा रहेका शिशुमा यसको संक्रमणको खतरा उच्च छ । यसले गर्दा मष्तिस्क सानो भएका शिशु जन्मने खतरा रहन्छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले जिका भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । गर्भमा रहेको शिशुमा जिका भाइसरको संक्रमण रोक्नका लागि गर्भवती महिलामा दिइने खोपको निर्माण अनुसन्धानकर्ताको प्राथमिकतामा छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment