डडेल्धुराको चिपुर गाविसमा बाघले एकैचोटी १४ वटा बाख्रा खाइदिएको छ । चिपुर–९ धारीमा पाँच जना किसानका १४ वटा बाख्रा बाघले खाएको हो ।
बुधबार गाउँ नजिकैको सिर्जना भन्ने जंगलमा चरिचरनका लागि लगिएका ५० भन्दा धेरै बाख्रा मध्ये बाघले १४ वटा बाख्रा खाएको स्थानीय खेम ऐडीले जानकारी दिनुभएको छ । ‘बाख्रासँगै वनमा गोठाला पनि थिए । तरपनि उनीहरुकै अगाडि बाघले एकोहोरो रुपमा बाख्रा माथी झम्टिँदै रगत चुस्दै मारेर छोड्यो’ उहाँले भन्नुभयो ।
बाघले भोज बहादुर साहुका दुई वटा, बहादुर साहुका दुई, हिक्मत ऐरका दुई, राम बहादुर ऐरका चार, जगी बिकका दुई र अर्का राम बहादुर ऐरका दुई वटा बाख्रा बुधबार दिउँसो खाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
0 comments:
Post a Comment