Recent

Ronaldo Suarez social network in the world's second-most touched


पोर्चुगलका कप्तान तथा रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोका संसारकै सबैभन्दा दोस्रो बढी फलोअर्स छन् । एप्पल ट्रि कम्युनिकेशनले गरेको अनुसन्धान अनुसार क्रिष्ट्रियानो रोनाल्डो सामाजिक सञ्जालमा धेरै चर्चित छन् । अनुसन्धानका अनुसार सामाजिक सञ्जालमा संसारकै सबैभन्दा बढी लोकप्रिय अमेरिकी गायक, रचनाकार तथा कलाकार टेलर एलिसन स्वीफ्ट छिन् । दोस्रोमा रोनाल्डो छन् । रानोल्डोले स्वीफ्टलाई पच्छ्याइरहेका छन् । रानोल्डोले दुई सय ३८ मिलियन फलोअर्सका साथ स्वीफ्टलाई पच्छ्याएका छन् । स्वीफ्टको दुई सय ४६ मिलियन फलोअर्स छन् ।
यसलाई तुलना गरेर हेर्दा रोनाल्डोका फलोअर्सहरु ब्राजिल र क्यानाडाको कुल जनसंख्या बराबर हुन आउँछ । रानोल्डो सामाजिक सञ्जालमा चर्चित मात्र नभएर प्रभावकारी पनि भएको अनुसन्धानले देखाएको छ । सामाजिक सञ्जालमा संसारको चर्चित पाँच मध्ये चार जना महिला मात्र छन् । उनीहरु स्वीफट जस्तै कलाकार हुन् । 
टप चारमा पर्ने एक जना मात्र पुरुष रोनाल्डो छन् । रोनाल्डो दास्रो नम्बर छन् । तस्रो नम्बरमा केटी प्रि छिन् । उनको दुई सय १९ मिलियन फलोअर्स छन् । सेलेना गोमज दुई सय पाँच मिलियनका साथ चौथो नम्बरमा छिन् ।  पाँचौ नम्बरमा रिहाना छिन् । उनका एक सय ९० मिलियनका फलोअर्स छन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment