Descendants of non-citizens to make the president and commander Oli sakidainah
ललितपुरः एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वंशज बाहेकका नागरिकता लिनेलाई राष्ट्रपति, सेनापति र संवैधानिक अंगको प्रमुख बनाउन नसकिने बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजित एमाले जिल्ला कमिटिको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘सबै विवरण पुरा गरेकालाई नागरिकता दिन सकिएला तर राष्ट्रपति, सेनापति वा संवैधानिक अङ्गका प्रमुख बनाउन सकिँदैन ।’
विश्वका अन्य मुलुकका तुलनामा पनि हाम्रो संविधान समावेशी र सबैका लागि मान्य रहेको चर्चा गर्दै अध्यक्ष ओलीले संविधान सर्वस्वीकार्य हुनुपर्नेमा जोड दिए । ‘९२ प्रतिशतले हस्ताक्षर गरेको संविधान भएकाले यसलाई अस्वीकार गर्नुको अर्थ छैन,’ ओलीले भने ।
एमाले सधैँ अखण्डता र विकासको पक्षमा उभिएको बताएका ओलीले पार्टीका विभिन्न तहमा रहेर काम गरिरहेकाले पनि देशको समृद्धिका विषयमा सोच्नुपर्नेमा जोड दिए ।
त्यस्तै ओलीले शिक्षा, स्वास्थ्य र प्रविधिको विकास अहिलेको आवश्यकता भएको बताएका छन् । एमाले जिल्ला कमिटीको कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य र प्रविधिको विकासमा जोड नदिई मुलुकको विकास सम्भव नभएको बताएका हुन् ।
कक्षा १२ मा बाउन्न प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु मुलुककै लागि ठूलो क्षति हो भन्दै उनले स्वास्थ्य क्षेत्रमा भएको एकाधिकार हटाउन पनि ध्यान दिन आवश्यक भएको बताए ।
0 comments:
Post a Comment