Recent

The first tranche of the victims in the earthquake on October 2 paisakne


भूकम्पबाट अतिप्रभावित जिल्लाका अनुलदान पाउनयोग्य लाभग्राहीले असोज पहिलो साताभित्र रकम पाइसक्ने दाबी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम उपलवब्ध गराउन विशेष अभियान थालेसँगै तीव्र गतिमा रकम उपलब्ध गराइएको मन्त्रालय अन्तरगतको केन्द्रीय कार्यान्वयन एकाइले जानकारी दिएको छ।

सिन्धुपाल्चोकमा शुक्रबार मात्रै १० हजार भूकम्पपीडितसँग सम्झौता भएको एकाइका प्रमुख गणेशकुमार वस्तीले जानकारी दिए। शुक्रबारसम्ममा अति प्रभभावित जिल्लाका करिब ७१ दशमलब ८८ प्रतिशत पीडितसँग अनुदान सम्झौता भइसकेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कामकारबाही छिटोछरितो गराउन क्विक रेस्पोन्स टिम तयार गरेर जिल्ला पठाएको छ। आजको गोरखापत्र दैनिकमा खबर छ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment