Recent

Khosimdai jaggebata young couple wedding


पूवी सुर्खेतको मैनतडा निवासी १५ वर्षीया विमला विक परिवाको दबाबमा गाउँकै युवकसँग भागिन्।

उमेर नपुग्दै विवाहको लागि विमला भागेको सूचना स्थगानीय किशोरीहरुले पाए। कक्षा आठमा पढ्दै गरेकी विमलाको विवाह हुँदै थियो। तर कलिलैमा विवाह गर्न लागेको भन्दै गाउँका किशोरी मिलेर विमलालाई मण्डप (जग्गे) बाटै खोसेर लगे। इच्छा विपरीत हुन लागेको विमलाको विवाह रोकियो।

मैनतडाकै १३ वर्षीया संगीता तिरुवा सात कक्षामा पढ्दा पढ्दै गाउँकै किशोरसँग भागिन्। परिवारले खोजीका लागि हारगुहार नै गरे।

केटा पक्षले रातारात विवाहका लागि जग्गे तयार पारे। उनको विहेको प्रक्रिया चल्दै थियो। बालविवाहविरुद्ध गस्तीमा निस्केका स्थानीय किशोरीले संगीतालाई जग्गेबाटै खोस्ने क्रममा किशोरी र दलाह पक्षबीच चर्काचर्की भयो।

अन्ततः किशोरीहरुले कलिलैमा विवाह गर्न नहुने भन्दै समझाएपछि गाउँलेले पनि साथ दिए विवाह रोकियो। जिल्लामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि त्यसलाई रोक्न किशोरीहरुले अभियान नै सुरु गरेका छन्। उनीहरु सामूहिक रुपमानै बालविवाह रोक्ने अभियानमा जुटेका हुन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment