pancebaja
अमेरिकी लाइब्रेरीमा काम गर्दाकै कुरा हो। एकपटक द रेयुकाई नेपालले अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना गरेको थियो। अखबारमा प्रकाशित त्यसबारेको सूचनामा प्रतियोगितामा प्रथम हुनेलाई जापान भ्रमण गराइने उल्लेख थियो।
अंग्रेजी भाषामा लेख्नुपर्ने त्यस निबन्धका निम्ति करबि तीन महिना लगाएर विभिन्न सामग्री जुटाएँ। गायक प्रेमध्वज प्रधान त्यसबेला अमेरिकी लाइब्रेरीमा टाइपिस्ट थिए। उनैले मेरो निबन्ध टाइप गरिदिए। रेयुकाईको कमलादीमा रहेको मुख्य कार्यालयमा निबन्ध बुझाउन जाँदा त्रि-चन्द्र कलेजका प्रोफेसर रामप्रसाद मानन्धरले समेत त्यस प्रतियोगितामा भाग लिएको थाहा भयो। जीवनमा कहिल्यै दोस्रो नभएका मानन्धरले प्रतियोगितामा भाग लिएको कुरा सुन्नासाथ आफूलाई बेकार भाग लिएछु भन्ने लाग्यो। निबन्ध बुझाए पनि निराश भएर घर फर्किएँ।
केही समयपछि गोरखापत्रमा त्यसको नतिजा प्रकाशित भयो, जसमा म प्रथम, रामप्रसाद मानन्धर द्वितीय भएको उल्लेख थियो। सुरुमा त मलाई विश्वासै लागेन। रेणुलाल सिंह मेरा गुरु र उहाँका गुरु रामप्रसाद। म प्रथम भएपछि गुरुले भनेको अझै सम्झना छ, "तैँले त मेरो गुरुलाई पनि पछारसि् बा !"
संयोग कस्तो पर्यो भने मैले युकी नामका एक जापानीलाई नेपाल भ्रमणका क्रममा खुबै सघाएको थिएँ। उनी ठीक त्यही बेला मलाई जापान घुमाउन लैजाने मनसायले नेपाल आएका रहेछन्। प्रतियोगिता जितेर जापान जाने निश्चित भइसकेको बताएपछि उनले मेरा शुभेच्छुकलाई अन्नपूर्ण होटलमा ठूलो पार्टी दिए। पछि म उनैसँग जापान गएँ।
मलाई अमेरिकी लाइब्रेरीले 'अब्जरवेसन टूर' शीर्षकमा दुई हप्ता घुम्न ७५ डलर दिएको थियो। जापानका विभिन्न सहर घुमेर अमेरिकातर्फ लाग्ने क्रममा युकीले 'तिमीलाई जापान घुमाउने भनेर अलिकति पैसा बन्दोबस्त गरेको थिएँ, त्यही पैसाले तिमी युरोप घुमेर जाऊ' भने। त्यही अनुसार मैले करबि दुई महिना युरोपका विभिन्न सहर घुमेँ।
कुनै पनि देशमा पुग्दा म्युजियम घुम्ने मेरो सोख छ। त्यसै क्रममा अमेरिकाको मेट्रोपोलिटन म्युजियम अफ आर्ट पुगेको थिएँ, सबै मुलुकका एकसे एक सांस्कृतिक चिनारी त्यहाँ थिए तर नेपालको नामोनिसाना थिएन। मैले इन्चार्जलाई बोलाएर सोधेँ, "यहाँ त नेपालसम्बन्धी कुनै कुरा देखिएन नि ?" उनले भने, "खै कसैले ल्याएर दिएको छैन।" सम्पन्न मुलुक भए त आफ्नैै खर्चमा पनि म्युजियमले बन्दोबस्त गर्दो रहेछ। नेपालजस्तो गरबि मुलुकका हकमा त्यो सम्भव पनि थिएन। मैले नेपालको जात्रा, पर्व, विवाह, भोज आदिमा बजाउने मौलिक पञ्चेबाजा आफूले दिए म्युजियममा राख्न मिल्छ कि भनेर सोधेँ। उनले धेरै पुराना तर सही अवस्थामा छन् भने तिनलाई स्थान दिइने बताए।
नेपाल फर्केपछि करबि चार वर्ष तिनै बाजाको खोजीमा बिताएँ। पूर्वको इलामदेखि सुदूरपश्चिम, गोरखा, स्याङ्जा र पाल्पाका विभिन्न गाउँ घुमेँ। गाउँका पञ्चेबाजा संकलकलाई भेटेर नयाँ बाजाका साथ केही रकम दिएँ र पुराना बाजा संकलन गरेँ। बाजा त संकलन गरेँ तर पठाउन उस्तै समस्या पर्यो। मैले राजा वीरेन्द्रका सचिव नारायणप्रसाद श्रेष्ठसँग सम्पर्क गरेँ। उनले भनेबमोजिम राजालाई विन्तीपत्र लेख्दा पनि काम लागेन। त्यसपछि मैले नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति लैनसिंह बाङ्देललाई गुहारेँ। उनले प्रतिष्ठानका नाममा हुन्छ भने यो सम्भव छ, नभए हुँदैन भन्ने जवाफ दिए। मलाई लाग्यो, यति दुःख गरेर जम्मा गरेको बाजा अर्कैका नाममा राख्ने हो भने मेरो दुःखको के अर्थ ?
यत्तिकैमा अमेरिकी लाइब्रेरीबाट मेरो हातमा 'बाँकी बक्यौता' भनेर दुई हजार पाँच सय डलरको एउटा चेक आयो। म त्यही रकमले पञ्चेबाजा लिएर अमेरिका पुगेँ। त्यहाँ मलाई अमेरिकी लेखक रोजर लिप्सेले सहयोग गरे। उनी नेपालस्थित अमेरिकी लाइब्रेरीमा अतिथि वक्ताका रूपमा आउँदा मैले गाइनेको एउटा समूह कोठामा बोलाएर गाउन लगाएको थिएँ। उनले गाइनेका गीत र सारंगीका धुन बडो चाख मानेर सुनेका थिए।
त्यतिखेर अमेरिकाका लागि नेपाली राजदूत विश्व प्रधान थिए, जो त्यहाँको एक पुस्तक पसलमा पुस्तक चोरेर चर्चामा आएका थिए। उनकै उपस्थितिमा मैले पञ्चेबाजा म्युजियमलाई हस्तान्तरण गरेँ। तर, तीन-चार वर्षसम्म पनि मैले बुझाएका बाजा सार्वजनिक गरएिनन्।
११ सेप्टेम्बर २००१ को आतंकवादी हवाई हमलापछि म पुनः अमेरिका गएको बेला म्युजियममा 'कि मेरा बाजा सार्वजनिक हुनुपर्यो, होइन भने आफ्ना बाजा फिर्ता लिएर जान्छु' भनेँ। त्यहाँका क्युरेटरले तीन महिनापछि बाजा म्युजियममा राख्ने वचनबद्धता प्रकट गरे। नभन्दै भनेकै समयमा पञ्चेबाजा सार्वजनिक भए। न्युयोर्क, पेरसि र लन्डनका संसारप्रसिद्ध तीन म्युजियममध्ये एकमा नेपाली पञ्चेबाजा राखेर '४५ नेपाल' नाम दिन पाएकामा म ज्यादै गौरवान्वित छु।
त्यसबेला नेपालमा अमेरिकी राजदूतका रूपमा लिओन जे विल कार्यरत थिए। मैले बाजा म्युजियमलाई हस्तान्तरण गरेको कथा स्वतन्त्र विश्व भन्ने पत्रिकाले सार्वजनिक गरेको रहेछ। राजदूतले मलाई बोलाएर पञ्चेबाजा संकलनका बारेमा सोधपुछ गरे। न्युयोर्ककै बासिन्दा रहेका उनी मेट्रोपोलिटन म्युजियमको पनि कार्यकारिणी सदस्य रहेछन्।
उनले तुरुन्तै त्यहाँ सम्पर्क गरेर इन्चार्जलाई 'म्युजियमले आफ्नो सक्रियतामा ती बाजा संकलन गरेको भए हजारौँ डलर खर्च हुन्थ्यो, व्यक्तिगत प्रयासमा यत्रो काम गर्ने व्यक्तिलाई सम्झनुपर्दैन' भनेपछि मलाई म्युजियमका तर्फबाट १ हजार ५ सय डलरको चेक पठाइएको थियो।

0 comments:
Post a Comment