Recent

Bus accident: 21 killed, 16 injured, one missing


रायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । १६ जनाको उद्दार गरिएको छ । एक जना हराइरहेका छन् । ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ । गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चितवनको चन्डीभन्ज्याङ गाविस कालीखोलाबाट झण्डै सय मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेजमा लगिएको चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बसमा ३८ जना यात्रु चढेको हुन सक्ने आशंका गरिए पनि यकिन हुन सकेको छैन । अहिले उद्दार तथा खोजीको काम भैरहेपनि नदीमा पानीको सतह बढेको र पानी परिरहेकाले उद्दारमा समस्या भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंका अनुसार शुक्रबार बिहान पौने ५ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको अवस्थामा बस देखिएको थियो ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment