Recent

Former Minister ghimiresahita his two brothers disappeared DHADING


काठमाडौँः त्रिशुलीमा गाडी दुर्घटना हुँदा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका दुई भाइ बेपत्ता भएका छन् ।
पूर्वमन्त्री एवम् पूर्वमुख्य सचिव समेत रहेका घिमिरेसहित उनका भाइ मोहन र प्रकाश घिमिरे बेपत्ता भएको चितवका प्रमुख जिल्ला अधिकारी विनोदप्रका सिंहले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
घिमिरेको परिवार चढेको गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, नारायण प्रसाद काफ्ले र सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको हो । गाडीका चालक घाइते विष्णु राईको भने भरतपुरमा उपचार भइराखेको छ ।
घिमिरे परिवारसहित मुक्तिनाथको दर्शन गरेर राजधानी फर्कदै थिए । घिमिरे चढेको बा ९ च १५१३ नम्बरको गाडी चितवनको दाह्रेचोक गाविस ३ को घोप्टेभिरबाट त्रिशुलीमा खसेको हाे ।
बेपत्ताको खोजी काय भइराखेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका एसपी गणेशबहादुर थापाले जानकारी दिए ।
मुक्तिनाथको दर्शन गरी दमौलीमा खाना खाएर काठमाडौं हिडेका पूर्व गृहमन्त्री घिमिरेले चलाएको गाडी घोप्टेभिरबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको हो ।
दुर्घटनामा ज्यान जोगाउन सफल सवारी चालक विष्णु राईले मुग्लिन पुगेर प्रहरीलाई जानकारी गराएपछि मात्र घटनाबारे प्रहरीले थाहा पाएको मुग्लिनस्थित पत्रकार विनोद श्रेष्ठले जानकारी दिए ।
त्यसलगत्तै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोली उद्धारमा खटिएको थियो । खिलराज रेग्मी अध्यक्ष भएको अन्तरिम चुनावी सरकारको गृहमन्त्री रहेका घिमिरेको जन्म २०१७ सालमा पाल्पामा भएको थियो । प्रहरीले आइतबार रात परेकाले बेपत्ता घिमिरे तीन भाइको खोजी कार्य सोमबार मात्र हुने बताएको छ ।  
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment