Recent

The three were found dead in the capital


काठमाडौँ: राजधानीका छुट्टाछुट्टै स्थानमा बिहीबार तीन व्यक्ति मृत अवस्थामा फेला परेका छ्न् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-७ मैजुवहालका ५६ वर्षीय सानुभाई घले सोही ठाउँस्थित सडक पेटीमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी, काठमाडौं चन्द्रागिरी नगरपालिका-८ डेरा गरी बस्ने सोही ठाउँस्थित टेलिकममा चौकीदारको काम गर्ने धनुषा लखनपुरका ५२ वर्षीय हरिधामी दनुवार उनकै कोठाभित्र आज मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी, काठमाडौं महानगरपालिका-३० महावौद्धमा पहिचान खुल्न नसकेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रासस
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment