Recent

The government commission Hospital Health officials now chaddinah Thapa


स्वास्थ्यमन्त्री गगन थापाले सरकारी अस्पतालमा रहेका कर्मचारीले नै बिरामीलाई निजी अस्पतालमा पठाउने सेटिङ मिलाउने गरेको दाबी गरेका छन् ।

बिपन्न नागरिक उपचार कोष निर्देशिकालाई प्रभावकारी बनाउन बुधबार संसद्को आर्थिक समितिमा भएको छलफलका क्रममा उनले त्यस्तो दाबी गरेका हुन् ।

अस्पतालमा हुने अनियमितताको गोप्य अनुसन्धानमा खटाएका व्यक्तिहरूले आफूलाई एउटै अस्पतालमा २४ जना कर्मचारी निजी अस्पतालमा बिरामी पठाउन सेटिङ मिलाउने कार्यमा लागेको सूचना दिएको बताए ।

‘एउटा अस्पताल विकास समितिले नियुक्ति गरेका २४ जना कर्मचारीको काम नै बिरामीलाई निजी अस्पतालमा लैजाने रहेछ,’ उनले भने, ‘उनीहरूलाई सरसफाइ कर्मचारीको नाममा नियुक्त गरिएको रहेछ ।’ त्यसरी निजी अस्पतालमा बिरामी पठाउनेलाई मन्त्रालयले कारबाही सुरु गरिसकेको उनले बताए । तर, ती को–को थिए भन्ने उनले खुलाएनन् ।नयाँ पत्रिका
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment