Recent

"Messi are the best players in the world '


काठमाडौंः अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी र रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो को उत्कृष्ट भन्ने विषय बहसमै छ। कतिपयले मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्छन् भने कतिपयले रोनाल्डोलाई। यी दुई खेलाडीमध्ये को उत्कृष्ट भन्ने विषयमा विश्व नै विभाजित नै छ।
तर, बार्सिलोनाका प्रशिक्षक लुइस इन्ड्रिकले लियोनल मेसी विश्वकै सर्वोत्कृष्ट खेलाडी भएको बताएका छन्। उनले भनेका छन्,‘मेसी जुुनसुकै स्थानमा पनि मैदानमा खेल्न सक्ने खेलाडी हुन्। त्यसैले उनी विश्वकै सवैभन्दा उत्कृष्ट खेलाडी हुन्।’
च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा सेल्टिकलाई ७–० गोल अन्तरले पराजित गर्दा मेसीले ह्याट्रिक गरेका थिए। मेसीले त्योसँगै फुटबल करियरमा ४० औं ह्याट्रिक गरे भने च्याम्पियन्स लिग फुटबलमा छैठौं ह्याट्रिक।
बार्सिलोनाले सेल्टिकलाई ७–० ले पराजित गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रशिक्षक इन्ड्रिकले भने,‘मेसी जुनसुकै स्थानमा पनि सहजरुपमा खेल्न सक्छ। उसले आफ्नो पोजिसन आफ्नो चाहना अनुसार बदल्न सक्छ। ऊ जुनसुकै पोजिसनमा पनि राम्रो खेल्न सक्ने विश्वकै उत्कृष्ट खेलाडी हो।’
इन्ड्रिकले भनेका छन्,‘यदि ऊ नम्बर ९, ८ वा ६ को जुनसुकै पोजिसनबाट पनि खेल्यो भने पनि राम्रो खेल्न सक्छ। उसले जुन पोजिसनबाट खेल्दा पनि पास निकाल्न सक्छ।’
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment