Identifying the way these can be damaged eggs
काठमाडौं । जारमा हरेक खाद्य पदार्थको ‘एक्स्पायर डेट’ तोकिएको पाइन्छ । कतिपय चिज हेरेरै पनि खान योग्य–अयोग्य छुट्याउन सकिन्छ । तर, प्रायस्ले नियमित खाने अन्डाको ‘एक्स्पायर डेट’ भने तोकिएको पाइादैन । फर्मबाट बजारमा ल्याइन्छ र नबिकेसम्म बेचिएको हुन्छ, जति दिन पुरानो होस् । उपभोक्ता पनि अन्डा बिग्रिएको छ कि छैन भनेर कहिल्यै चासो राख्दैनन् । बाहिर हेर्दा राम्रै देखिएपछि भइहाल्छ । तर, तपाईा आफ्नो स्वास्थ्यप्रति चिन्तित हुनुहुन्छ र अन्डा स्वस्थ छ–छैन जान्न चाहनुहुन्छ भने एउटा सजिलो र भरपर्दो तरिका छ :
गिलास या मगमा (काँचको पारदर्शी गिलास भए सबैभन्दा राम्रो) थोरै नभरिने गरी चिसो पानी राख्नुहोस् । आधा लिटर जाने गिलास रोज्दा सजिलो हुन्छ । घरमा उपलब्ध छ भने टुक्रा पारेर बरफ पनि मिसाइदिँदा उत्तम हुन्छ । यसले अन्डाको परीक्षणलाई थप आधिकारिक बनाउँछ । परीक्षण गर्नुपर्ने अन्डा क्रेटबाट झिक्नुहोस् । अमलेट बनाउनु या उसिन्नुअघि परीक्षण गर्दा राम्रो हुन्छ । पानी भरिएको गिलासको माथिबाट बिस्तारै अन्डा खसाइदिनुहोस् । पानीमा छोडिसकेपछि पारदर्शी गिलासको बाहिरपट्टिबाट अन्डालाई नियाल्ने कुरामा गम्भीर हुनुपर्छ । अन्डाको परीक्षा गर्ने यही वेला हो । खसाएको अन्डा सीधै पानी छिचोलेर पिँधमा पुग्छ, ट्वाक्क आवाज आउँछ र थोरै चर्किन्छ भने जान्नुहोस् अन्डा बिग्रिएको छैन ।
तर, अन्डा ढुंगा खसेजस्तो सजिलै गिलासको पिँधसम्म पुग्दैन, झर्ने क्रम केही सुस्त हुन्छ र पिँधमा पुगिसकेपछि पनि स्थिर नबसी केहीबेर तल–माथि गरिरहन्छ भने जान्नुहोस् अन्डा बिग्रिने प्रक्रियामा छ । यस्तो अन्डा तत्काल खान खासै खराब हुँदैन तर लामो समय राख्न उचित छैन भन्ने जान्नुपर्छ । अन्डा खसाउँदा पानी छिचोलेर गिलासको पिँधसम्म पुग्दैन र पानीमै तैरिरहन्छ भने जान्नुहोस् अन्डा बिग्रिसकेको छ, खानयोग्य छैन ।
0 comments:
Post a Comment